२०८२ बैशाख ७, आइतवार
  • २१ कार्तिक २०७६, बिहीबार
काठमाडौँ — कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्‍याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका हुन्।

कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गर्दै नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखें। भारत र नेपालबीचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने उनीहरुको माग थियो।

संयोजक महरले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु गर्दै जाने जनाए। के-कस्ता आन्दोलन गर्ने छलफल गरेर टुंगोमा पुग्ने अनेरास्ववियूले जनाएको छ। उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत ‘गो व्याक इन्डिया’ भन्दै आलोचना गरेका छन्। यता सत्तापक्षका बिध्यार्थी संगठनहरू आन्दोलन गरिरहदा प्रमुख प्रतिपक्ष  दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ भने मौन छ ।