२०८२ बैशाख ५, शुक्रबार
  • २८ कार्तिक २०७६, बिहीबार

काठमाडौं: बारम्बार सरकारबाट बाहिरिने धम्कि दिदै आएको समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।

नयाँ सक्ति पार्टीका पूर्व अध्यक्ष तथा हालका समाजबादी पार्टीको  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छाड्नुपर्ने मत राख्दै आएका थिए । हाल डा भट्टराईले नै मध्यमार्गी  प्रस्ताव राखेपछि फोरम  सरकारबाट बहिर्गमन नहुने भएको हो ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता गर्दादेखि नै सरकारमा बसिरहने कि बाहिरिने भन्नेमा बहस हुँदै आएको थियो । भट्टराई पक्षले तत्काल सरकार छाड्नुपर्ने मत राख्दै आएका थिए भने अध्यक्ष उपेन्द्र यादव सरकार छाड्नु पर्ने  पक्षमा  सहमत थिएन। हालै बसेको  पदाधिकारी बैठकमा पनि सरकारमा बसिरहने कि छाड्ने भन्ने बहस भएको थियो ।

भर्खरै  बसेको पार्टीको पहिलो संघीय परिषद् बैठकमा  भट्टराईले मध्यमार्गी प्रस्ताव पेश गरेका छन् । भट्टराईको राजनीतिक प्रस्तावमा सरकार र सरकारसवद्ध पाटीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्नुपर्ने उल्लेख रहेको समाजबादी स्रोतले बताएको छ ।