२०८१ माघ १२, शनिबार
  • ५ वर्ष अगाडि

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

मन्त्री पुनर्गठन र मन्त्रालय बारे यादब असन्तुष्ट रहेको र सरकार छोड्न सक्ने बाहिर हल्ला चले पनि यादबले सोमबार हाँसी हाँसी मत्रालयको जिम्मेवारी सम्हाले।  केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको थियो । मन्त्रालय हेरफेर गर्दा मन्त्री यादव भने भारतमा थिए ।

शुक्रबार स्वदेश फर्किएका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादव आइतबार उपनिर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कास्की गए । सोमबार भने कानून मन्त्रालयमा पदभार ग्रहण गरे ।

निजी गाडी चढेर कानून मन्त्रालय पुगेका मन्त्री यादव हाँसीहाँसी कार्यभार सम्हाले ।