चैत ६ देखि एसईई हुने(पूरा रोटिङ हेर्नुहोस्)

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र ६ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत्र ६ गतेबाट सुरु हुने परिक्षा चैत्र १७ गते सकिनेछ ।
तालिका अनुसार चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य अनिवार्य अंग्रेजीको परीक्षा हुने छ।
परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सन्चालन हुने परीक्षा बोर्डले निकालेको सुचनामा जानकारी दिईएको छ ।