नेपालको राजनीति भित्र सिखण्डि, सकुनी, अन्धो धृतराष्ट्र र द्रोपदी प्रवृत्ति !

कृष्णकुमार कार्की

महाभारतको लड़ाई हस्तिनापुर राज्य को लागि भाई – भाई बीच मा मात्र भएको थिएन ! त्यहाँ भित्र सकुनी ( स्वार्थ) शिखण्डि ( प्रतिशोध) अन्धो धृतराष्ट्र (वंश बाद) र रूपवती द्रोपदी (अहमता) को कारण ले पनि भएको थियो ! आज नेपाल पनि यस्तै कारणले कुरुक्षेत्रमा परिणत हुँदै छ।
(१)शक्ति र पदमा आउन सकुनीहरु आगोमा घिऊ थप्दैछन्
(२) तीन जन्म लिएर पनि काशी राजकुमारी अम्बाले शिखण्डि ( महिला तर पुरुष रूपी) बनी भीष्म पितामहलाई अर्जुनको ढाल बनि मृत्यु सैयामा पुर्याए जस्तै नेपालका शिखण्डिहरुले पद , दर्जा र महाधिवेशनमा हार भएको प्रतिशोध, डाहा, इर्श्याको कारण नेकपालाई मृत्यु सैयाको कोमा मा पुर्याएका छन् ।
(३) आफ्नो वंश ( छोरा हरु) लाई राज्य दिलाउन अन्धो धृतराष्ट्र लोभी पापी बनी युध्द मा होमिए जस्तै नेपालमा पनि नेताहरु आफ्ना सन्तान र नातालाई पद दिलाउन लोभी पापी बनेका छन्
(४) रूपवती द्रोपदी पाँच पाण्डवको पत्नी भएको अहमता, अहंकार, घमण्डले भीम अर्जुनलाई युध्दमा जान भड्काए जस्तै नेपालमा पनि द्रोपदी प्रवृत्तिले विभाजन र द्वन्द लाई निम्त्याएको छ
महाभारतको लड़ाई एक्लैले जित्ने क्षमता, कुशलता, आत्मविश्वास भएको बार्वरीकलाई छल कपट गरी शिर काटी युध्दमा भाग लिनबाट वञ्चित गरियो तर टाउकोलाई युध्द देख्ने गरी पहाडको टुप्पोमा राखियो । उनी एक मात्र यस्ता पात्र थिए जसले कुरुक्षेत्रको लड़ाई सुरु देखि अन्त्य सम्म देखें र सही र गलत छुट्याएका थिए । पछि उनलाई पुनर्जीवित गरियो ।
नेकपाका बार्वरीक क. मदन भण्डारी लाई पनि षडयन्त्र पूर्वक नै हत्या गरियो । उनको कार्यकुशलता बाट प्रतिक्रियावादी सबै डराए । उनको आत्माले नेकपा विभाजन को यो लड़ाई हेरी रहेको होला । को सही को गलत ऊनी ले छुट्याए पनि हामी अनभिज्ञ रहने छौ ! उनी हामी बीच छैनन् ।
सबै प्रश्न को उत्तर आजै खोज्नु मूर्खता हुनेछ। नेपालको आज सम्मको इतिहासमा व्यक्ति, पार्टीले जिते पनि देश ,जनता, संविधानले सधैं हारेको छ । केही प्रश्न को उत्तर भविष्य को गर्भमा छोड्नु नै उपयुक्त होला । किनकि विदेशीको दबाबका कारण यहाँ अप्राकृतिक निर्णय पनि हुने गरेको छन्।
अन्तमा ४ पात्र हरु आफै खोज्नु होला । नेपाल का सबै पार्टी मा यो प्रवृत्ति बलवान छ । सबै पार्टीमा यस्ता धेरै खाले प्रवृत्तिका पात्रहरु छन् । कुनै पनि पार्टी फुट्नु देश को लागि शुभ होइन । नेकपा विभाजनको दुर्घटनाबाट बचोस् भन्ने अझै पनि कामना राख्दछु ।