२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

सन्तोष दुलाल

शिक्षा र स्वास्थ्यलाई प्रक्रियागत हिसाबले बिस्तारै बिस्तारै सुधार गरेर राष्ट्रियकरण गरिनुपर्छ भन्ने वर्तमान जन चासोको विषय मात्र नभएर दबाब पनि हो । स्वास्थ्य क्षेत्रमा त कोरोना महामारीले वर्तमान स्थिती उदाङ्गो नै बनाइदिएको छ ।

अझै भनौ, परिवर्तनका सम्बाहकहरुले त वर्षौ देखि यहि मुद्दामा जोड दिइरहेकै छन,जुन हेर्न/बुझ्न पार्टीका सिद्धान्त र नेतृत्वका भाषण नै काफी छन ।आखिर तिनिहरु नै सरकारमा पुगेपछि नितिगत हिसाबले काम गर्न चै किन सक्दैनन् ? त्यसको महत्त्वपूर्ण तत्वहरु के के हुन ? को को हुन ?  अब गम्भीर भएर खोजी गरिनुपर्छ । यी र यस्ता किसिमका धारणा उठिरहेको बेलामा सरकार भने निजि स्कुललाई सामुदायिक स्कुलको गुणस्तर सुधार गर्न जिम्मेवारी दिने नीति बनाउछ ।

यदि शिक्षामा यो नीति लागू गर्ने हो भने, स्वास्थ्य,न्याय,सूचना/प्रविधि,सुरक्षा,बैंक,विश्वबिधालय लगायतका अन्य महत्त्वपूर्ण राज्यका निकायहरुमा (जहाँ सरकारको हस्तक्षेपकारी नीति लागू गर्नुपर्छ) पनि निजि सस्था,कम्पनीलाई तत तत क्षेत्रको गुणस्तर अभिबृद्धीको जिम्मेवारी दिइनु पर्ने बहस उठ्यो भने हामिले हेरेको समाजवादको हबिगत के होला ?

(दुलाल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दमक नगर कमिटी सचिवालय सदस्यहुन्