२०८१ बैशाख ६, बिहिबार
  • ४ वर्ष अगाडि

काठमाडौं -प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी गायिका आस्था राउत  ४ हजार धरौटी तिरेर छुटेकी छीन ।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

धरौटीमा छुटेपछी गायिका आस्था राउतले प्रहरीको खुलेर प्रशंसा गरेको छ । ‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ उहाले  भनिन् ।

उनले यो घटना सबैका लागि पाठ भएको समेत बताइन् । ४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।