२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ नेपालको पहिलो नीजि बैक नबिल बैकले एकपछि अर्को गर्दै नयाँनयाँ आकर्षक कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । यसैक्रममा आफ्नो ३६ औ बार्षिकोत्सवको अवसर पारेर रिटेल कर्जामा विशेष छुट दिने भएको छ ।

घर, घितो, व्याक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको हो ।

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने, नविल बैक दमकका शाखा प्रवन्धक राजन बस्नेतले भने ।

दमक सहित देशभरका सबै शाखाबाट यो सुविधा लिन सकिन्छ, उनले भने । नबिल बैंकका ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।