बजाज कम्पन्नीको तीन पाङग्रे नयाँ अटो दमकमा पनि सार्वजनिकसंगै विक्रि बितरण शुरु

दमक । झापाको दमकमा रहेको मेची अटो सप्लायर्सले बजाज कम्पन्नीको तीन पाङग्रे नयाँ अटोको आजदेखि विक्री शुरु गरेको छ । यो यसभन्दा अघि विक्रि भएका अटोहरु भन्दा धेरै सुविधा युक्त रहेको बताईएको छ ।
बजाज कम्पन्नीको आधिकारिक विक्रेता रहेको सप्लायर्पले नयाँ अटोको औपचारिक रुपमा अनावरण सहित विक्रि शुरु गरेको मेची अटो सप्लायर्सका प्रोपाइटर बासु शिवाकोटीले बताए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको उपस्थितिमा नयाा अटोको सार्वजनिकरण कार्यक्रम भएको थियो । सो अवसरमा श्रेष्ठले दु्र्घटना न्यूनिकरणमा समेत सहयोग पुग्ने किसिमका अटोका फिचरहरु रहेको पाएको जनाए । उनले विक्रीका लागि शुभकामना पनि दिए ।
नयाँ अटो २३६ सिसी , आर्कषकसंगै उत्कृष्ठ डिजाइनको रहेको छ र यो पहिलाको भन्दा धेरै नै राम्रो छ, शिवाकोटीले भने । यसको वजार मूल्य ५ लाख ६५ हजार रुपैया रहेको पनि सो अवसरमा जानकारी दिईएको थियो । अटो खरिद गर्नेका लागि शूल्य फाइनान्सको व्यवस्था समेत गरिएको छ, उनले भने ।