दमकमा सेफ हाउसमा रहेकी सुत्केरी किशोरीलाई लायन्स क्लवहरुको सहयोग

दमक/ झापाको दमकमा रहेको आपतमा रहेका महिला तथा वालबालिकाहरुको सुरक्षाका लागि बनाईएको सेफ हाउसमा रहेकी सुत्केरी किशोरी तथा त्यहाँ रहेका वालिकाहरुका लागि लायन्स क्लवहरुले सहयोग गरेकाछन् ।
लायन्स क्लव अफ झापा दमक, सेविका, बिगबुद्ध र बेलसिटीको संयुक्त प्रयासमा त्यहाँ पुगेर सुत्केरीलाई आवश्यक कपडा लगायतका पोषिलो खानेकुरा उपलब्ध गरार्ईएको लायन्स क्लव अफ दमक सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकीले बताएकीछन् ।
लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वान का रिजन चियर पर्सन दिवस राईको समेत उपस्थिति रहेको कार्यक्रममा सुत्केरी महिलाका लागि भनेर केहि आर्थिक सहयोग समेत भएको थियो । नगद ८ हजार सो अवसरमा सहयोग गरिएको थियो । क्लवहरुको तर्फबाट ५ हजार रिजन चियर पर्सन राईले ३ हजार उपलब्ध गराएका थिए ।