दमकमा लायन्स क्लवहरुको रक्तदान र खेलकुद सामाग्रि हस्ताण्तरण कार्यक्रम
दमक/ लायन्स क्लव अफ झापा,सेविका, बिगबुद्ध र बेलसिटीको आयोजनामा बुधबार झापाको दमकमा रक्तदान र शशस्त्र प्रहरीलाई खेलकुद सामाग्रि प्रदान गरिएको छ । लायन्स क्लव अफ झापाका अध्यक्ष अशोक चौधरीका अनुसार ५२ जनाले रक्तदान गरेकाछन् ।
दमक र आसपासको क्षेत्रमा रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम राखिएको लायन्स क्लव अफ बिगबुद्धका अध्यक्ष कृष्णराज दाहालले बताएकाछन् । दमक ३ स्थित बेलडाँगी बजारमा रक्तदान भएको हो ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार शाखाका प्रमुख सिद्धार्थ दहाल सहितको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो । दहालले दमकमा रगतको अभाव हुन नदिन लायन्सकर्मीहरुले ठूलो भूमिका खेलिरहेको जनाए ।
यसैगरी आज नै यहाँ रहेको शशस्त्र प्रहरीको बेस क्याम्पलाई केहि खेलुकद सामाग्रि र सोलार सञ्चालनका लागि आवश्यक पनि उपकरण पनि लायन्स क्लवहरुले प्रदान गरेकाछन् । लायन्स क्लव अफ दमक सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।
दुई वटै कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका कोशाध्यक्ष कोमल शाक्य, गर्भनर एड अजयकुमार अग्रवाल, एनएलएफ चिफ पवन अधिकारी रिजन चियर पर्सन दिवस राई, जोन चियर पर्सन रेगिना भट्टराई लगायतको उपस्थिति रहेको थियो ।