२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ लायन्स क्लव अफ दमक सेविकाले फरक रुपमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । केहि हुनेले केहि नहुनेसंग रमेर तीज मनाउ भन्ने उदेश्यका साथ समाजका विपन्न महिलाहरु सहभागि गराएर सेविकाका पदाधिकारी तथा सदस्यहरुले दमकस्थित कस्मिक पार्टी प्यालेशमा तीज मनाएकाहुन् ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स गर्भनर एड अजयकुमार अग्रवालले यस भिन्न किसिमको तीज कार्यक्रमले समाजमा नयाँ सन्देश दिएको बताए । उनले लायन्स क्लव अफ दमक सेविका फरक रुपमा कार्यक्रमहरु गर्दै आएको जनाउदै प्रंशशा पनि गरे ।

सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकीका अनुसार १० विपन्न महिलाहरुसंग आफुहरुले तीज मनाउदै उनिहरुलाई साडि, चुरा, पोते लगायतका सामाग्रिहरु समेत उपलब्ध गराईएको छ । उनिहरुसंगै नाँच्दै गाँउदै तीज मनाएको उनले जनाईन् ।

कार्यक्रम सञ्चालन कमला घिमिरेले गरेकी थिइन् भने शुभकामना मन्तब्य क्लवकी पुर्व अध्यक्ष रीता श्रेष्ठले राखिन् । लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरी, लायन्स क्ल्व अफ दमक गोल्डका अध्यक्ष श्याम तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।