२०८३ जेष्ठ १६, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

सुमनसिंह सी

एमसिसी संसदबाटै पास भएपछी कानुन नै बनेर लागु भैरहेको अमेरिकी पारीयोजनाले नेपालको राजनीतिलाई अन्तरास्ट्रीय ध्रुबिकरण तर्फ प्रवेश गराएको छ । पुजिंवादी विश्व आतंक, अमेरिकी दादागिरी र साम्रज्यवादी निकृस्टता बिरुद्ध चुनौतिको रुपमा उदाइरहेको चीन बिरुद्ध पारीलक्षित हुनु हिन्द प्रशान्त रणनितीको मुख्य उदेश्य हो । र, त्यही रणनिती लाई प्रवेश गराउने योजनाको रुपमा एमसिसी (सहस्र शताब्दि चुनौति निगम) नेपालमा आएको छ ।

अमेरिकालाई विश्व पुंजीवाद बिरुद्ध संघर्सशिल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नेपालको प्राकृतिक श्रोतको दोहन गर्न ( युरेनियम, पानी आदी ) र नेपालको भुमी प्रयोग गरेर तिब्बत फ्री आन्दोलन चर्काउंदै चीनमा गृह युद्धको वातावरण बनाउन र त्यसबाट बन्ने अस्थिरता संगै युद्ध थोपर्न कुनै पनि मुल्य चुकाएर नेपालमा आफ्नो सैन्य उपस्थिती गराउनु छ । अमेरिका उक्त कार्यमा एक पछी अर्को गर्दै तिब्र गतिमा आइरहेको छ । र प्रायजसो योजनाहरुमा अमेरिका सफल पनि बनिरहेको देखिन्छ ।

नेपाली जनताको उल्लेख्य बिरोध र प्रतिकारको बावजुत अगाडि बढीरहेको अमेरिकी योजनालाई मुख्य चुनौती भनेकै नेपाली देशभक्त जनता, प्रगतिशिल तप्का, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी हरु हुन । त्यसकारण अमेरिका सबैभन्दा पहिला यो प्रवृतिको कत्लेआम गर्न चाहन्छ । यसको निम्ती प्रायोजित रुपमा नेपालमा संकट पैदा गरांउदै आएको अमेरिकाले जनताको असन्तुस्टीमा खेल्ने र पुराना नेत्रित्व र दलको ठांउमा नंया पात्र र नंया दल , ब्यवस्था परिवर्तनको आवश्यकताको ठांउमा सुधारको बिषय लाई अगाडि सारेर नंया पार्टीहरु जन्माएको छ । जसमा अमेरिकाले सुविचारित ढंगले रास्ट्रीय स्वतन्त्र पार्टी घण्टि जस्ता पार्टीहरुलाई तयार गरेको छ ।

यति मात्र होइनकी उसले सामाजिक अभियान्ता भनिनेहरुलाई पनि जोडतोडले परिचालन गरिरहेको छ । मधेसमा , सुदुरपश्चिममा समेत नंया दृश्य सहित पात्र र पार्टीहरु खडा गर्ने काम भएको छ । हाल सम्म देखापरेका रवी, स्वर्णिम, गगन, बिश्वप्रकाश, सिके, रेशम लगायत संसदवादी दल भित्रका दलालहरु, कर्मचारी , सुरक्षाकर्मि, व्यवशायी, अभियान्ता भनिने तत्वहरु लगायतलाइ मिलाएर अर्को पार्टी बनाउन सक्ने संभावना पनि छ । नेपालमा पछील्लो चरण नेपालकै संसदवादी दलकै नेताहरु समेत खुलेआम रुपमा एमसिसि र अमेरिकाको दलालि गरिरहेका छन । खास गरेर पुर्व क्षेत्रमा पछील्लो समय अनौठो र अप्रत्याशित घटनाहरु घटिरहेका छन , यसले पनि समग्र नेपालको आगामी समयलाई बुझ्न मद्धत गर्छन् । अमेरिकी खतरानाक चालको चपेटामा परीरहेको नेपालको रक्षा हामीले कसरि गर्ने ? यो बिषयलाइ ध्यान दिएर काम गर्न जरुरी भएको छ । आउनुस केहि चर्चा गरौं ।

पुर्वका केहि घटनाहरुलाइ सरसर्ती हेरौं

(१) कोशी प्रदेशको नामांकन

जनताहरुको व्यापक बिरोध र आन्दोलनको कारण लामो समय देखि कोशी प्रदेशको नामंकन संभव भएको थिएन वा – केहि बिढङ्गो गराउने उपयुक्त समयको लागि त्यसलाई थाती राखिएको थियो । अमेरिकी प्रभाव उत्कर्समा पुगेको समय पारेर जनताको बिरोध र बलिदानको बिचैबिच जबर्जस्ति रुपमा कोशी प्रदेशको नाम राखियो ।  अधिकांश दल र संसदले कोशी प्रदेश नाममा सहमती जनाए । त्यसपछी पुर्व क्षेत्र तरङित बन्यो र वातावरण लाई अशान्त बनाइयो । पुर्व क्षेत्रमा मिलेर बसेका जनताको मनोबिज्ञान लाइ नियोजित रुपमा बिभाजित गर्ने कामको आरम्भ गरियो । हामी सबैले ध्यान दिनु पर्ने कुरा नाम यस्तो समयमा राखिएको छ कि अमेरिकालाइ नेपाल अशान्त हुनुपर्ने परिस्थिति चाहिएको छ । कोशी नाम राख्न संघ, प्रदेशका सबै मुख्य नेताहरु कै भुमिका रहेको छ । जनताको मनोभावमा खेल्ने प्रपंच कोशी प्रदेशको नामांकन थियो र जसको फाइदा अमेरिकाले उठाइरहेको छ ।

(२) धरानमा हिन्दू मन्दिर अगाडि चर्च निर्माण

धरानको बिजयपुरमा रहेको एक हिन्दू मन्दिर अगाडि चर्च बनाएको घटना सतहमा आयो । यो पनि धार्मिक क्षेत्रलाई असहिश्णु बनाउने चलखेलको रुपमा आयो । र, यस कार्यमा धरानका मेयर हर्क सम्पाङ स्वयम धार्मिक आस्थामा खेल्दै जनतालाई उत्तेजित बनाउन अगाडि आए । कतिपय सुचना अनुसार धरानका मेयर क्रिश्चियन धर्मका अनुयायी रहेको समेत पाइएको छ । चाहे जे होस् तर यो बिवादलाई चरम उत्कर्समा पुर्याइयो । यसमा जनताको मनोभावना माथि खेल्दै पुर्वलाई आशान्त बनाउन बल पुगाउने हेतु अमेरिकाले नै फाईदा लिइरहेको प्रस्ट छ ।

(३) धरानमा गाई काटेको घटना

धरानमा गाई काटेको घटनाले चर्चा पायो । यस अघि पनि गाई गोरु नखाइएका होइनन । नेपालमा धेरै जनताले गाई गोरुको पनि मासु प्रयोग गर्ने गरेका छौं । कतिपय जात सम्प्रदायमा त यो अनिवार्य नै छ । यसलाई बैध रुपमा खाने बिधीबारे राज्यले सोच्नु पर्छ । तर जनताको मनोबिज्ञानलाई उत्तेजित पार्ने गरी सार्वजानिक रुपमा गाई काट्ने र खाएको भिडियो सामाजिक संजाल मार्फत पोस्ट गर्ने साथै खुल्ला बिवादमा समाजलाई उतार्ने काम भयो । यसले त हिन्दू सम्प्रदायका मानिसहरुलाई ठुलो संख्यामा धरान प्रवेश गर्न उत्तेजित पार्ने र त्यसको प्रतिकारको निम्ती पनि गाई खानु पर्छ भन्ने तप्का तयार हुने अवस्था बन्यो । सरकारले निसेधाज्ञा जारी गर्दै ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्नु पर्ने अवस्था बन्यो । यसमा पनि अमेरिकी स्वार्थ स्पस्ट हुन्छ । चाहे गाई काट्ने होस् वा त्यसको बिरोध गर्ने यो दुवै अतिलाई उकास्न र उत्तेजित बनाउंदै भिडन्तमा प्रवेश गराउन एउटै तत्व कंही न कंही कृयाशिल छ, जसको नाभि अमेरिकी स्वार्थ संग जोडिएको छ । र यो घटना छिमेकि मुलुक भारतको मनिपुरमा जारि साम्प्रदायिक हिंसाको मोडेलमा लैजान गरिएको प्रयत्नको प्रारम्भिक चरण हो भन्न सकिन्छ । यो सड्यन्त्रलाइ हामिले कुनैपनि हालतमा रोक्नै पर्छ । समाजमा मौलाएका सबै प्रकारका अतिवादहरुलाइ निषेध गर्नै पर्छ ।

(४) कोशी सरकारको गठन बिघटन

कोशी सरकार यतिबेला गठन बिघटनको झमेलाका बिच गुज्रीरहेको छ । यसमा अदालतले भूमिका खेलिरहेको छ । स्मरण रहोस् अमेरिका एमसिसी अनुमोदनमा बहुमत जुटाउन असंभव भएपछी अदालतको प्रतक्ष प्रयोग गरेर पार्टीहरु फुटाउने , सरकार गिराउने , बनाउने र आंफु अनुकुलको बहुमत बनाउने खेल खेल्दै आएको थियो । त्यस्तै कोशी प्रदेशमा पनि अहिले अदालत कृयाशिल छ । र अदालतले फेरी एमाले ठुलो दल भएको हुनाले सरकार गठनको अधिकार एमालेलाई नै दिएको छ । अहिले हिक्मत कार्की मुख्यमन्त्री बनेका छन । अब फेरी एमाले नेत्रित्वको सरकारले विश्वासको मत प्राप्त गर्नु पर्ने छ । यदी विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा कथित कोशी प्रदेश ताजा जनादेशको नाममा मध्यावधी निर्वाचनमा जानु पर्ने शवैधानिक बाध्यतामा फंस्ने छ । किनकि कोशि प्रदेशमा अमेरिका मध्यावधि चाहान्छ । कोशी प्रदेशमा बहुमत बन्न नदिने , मध्यावधिमा लैजाने, र आफ्ना पात्रहरुलाई ल्याउने ( सिंगो देशलाई देखाउन ) खेलमा अमेरिका छ । कथित कोशीका नेताहरुमा थोरै पनि बुद्धी छ भने सहमती जुटाएर सरकार बनाउनु र मध्यावधी रोक्नु उपयुक्त देखिन्छ ।

(५) पुर्वमा रवी लामिछानेको दौडधुप

कोशी प्रदेशको सरकार गठन , बिघटनको अवस्था आएपछी कोशीलाई मध्यावधीमा लाने र रवीहरुलाई खडा गरेर कोशी कब्जा गर्ने, सिंगो नेपाललाई आफ्नो शक्तिको संदेश प्रवाह गर्ने र पुर्वलाई आवश्यकता अनुसार बितण्डतामा प्रवेश गराउने अमेरिकी योजना अनुसार पुर्वमा रवीको दौडधुप तिब्र बन्यो । पुर्व सुनसरी, उदयपुर , मोरङ , झापा, ईलाम, ताप्लेजुङ् सम्म रवी अभियान संचालित बन्यो । रविको पार्टीमा गएका पुर्व क्षेत्रका मित्रहरु सोझै भन्छन – अब चुनावमा जाने, चुनावको तयारी गर्ने , संसद मन्त्री बन्ने हो । पुर्व क्षेत्रका जनताहरुको गतिशिलता र क्रान्तिको संभावना पुर्वमा रहेको बुझेको अमेरिकी साम्राज्यवाद र उसका कारीन्दाहरु पुर्व क्षेत्र मार्फत आफ्नो शक्तिलाई उदय गराउन र संभवत संघको निर्वाचनमा पनि केही समयपछी मध्यावधी गराउने र आफ्ना पात्रहरुलाई अगाडि ल्याउने खेलमा लागेको देखिन्छ । यो पनि अमेरिकी योजना भित्रै छ ।

६) दुर्गा प्रसाइको अभियान

अमेरिकी योजना भन्दा अरु धेरै नभैरहेको समकालीन समाजमा दुर्गा प्रसाइलाइ पनि नजरअन्दाज गर्न हुंदैन । उनले धर्म र नागरिक बचाउ अभियान भन्ने नारा दिएर एउटा अभियानको सुरुवात गरे र त्यसको उत्घाट्न पुर्वबाट भयो । उनले बोलिरहेका र बाहिर ल्याइरहेका कतिपय तथ्यहरु जायज र ठिक पनि छन । तर त्यसको निकासको अस्पस्टता भने उनमा छ । उनले राजालाइ पुनस्थापना गर्नुपर्ने आवाज पनि ओकलेका छन । बित्तिय क्षेत्रका बिकृती बिरुद्ध पनि प्रसाइले बोलिरहेका छन । मारवाडी ब्यवशायी बिरुद्ध पनि उनी उत्रीएका छन ।
यी सबै भएर पनि दुर्गा प्रसाइको प्रचार झन बढ्दो छ किन ? अमेरिका कुनै पनि मुल्यमा जनतालाइ एकताको शंदेश पैदा गराउने प्रकारको राजा ल्याउन चाहांदैन । पुंजिवाद जनतालाइ टुक्रा टुक्रा पार्ने र लुटिखाने प्रवृती हो । राजा यो नितिको प्रतिकुल हुन्छ र हुने भएकाले ’सिआइए’ ले विरेन्द्रको बंशनास गरेको हो । तर प्रायोजित रुपमा निराशा फैलाइएको नेपाली समाजमा आजको अवस्था भन्दा हिजोको राजा नै ठिक थिएकि कतै भन्ने एउटा मनोबिज्ञान पनि बन्दै गयो । र , त्यो बितृस्णा लाई एउटा समय सम्म नियन्त्रण गर्न , जोगाइराख्न र आंफु अनुकुल प्रयोग गर्न पनि राजाबादी पार्टी र दुर्गा प्रसाईं जस्ता मानिसहरु अमेरिकालाइ चाहिन्छन । भारतलाइ थोरै भएपनी दबाबमा राख्न अमेरिकालाइ यो प्रवृति जहिलै आवश्यक छ । त्यसो भएको हुनाले दुर्गा प्रसाइ मार्फत मारवाडी हरुको बिरोध गर्न लगाएर एउटा भास्य खडा गर्न खोजिएको छ । यधपि मारवाडी एकाधिकार नेपालमा सह्यै छैन । र यसको बिरोध गर्नु पर्छ । दुर्गा प्रसाइको अभियान स्वयम् उनलाइ यसको उपादयताबारे थाहा नहुन सक्छ तर यसबाट पनि अमेरिकाले फाइदा हेरिरहेको छ । त्यसैले निर्वाध छ प्रसाईं अभियान ।

(७) राजावादी पार्टीको पुर्वि कृयाशिलता

सायद राजसंस्थाबारे वकालत गर्ने पार्टी पुर्व र त्यसमापनी झापा नै अगाडि होला । झापाका एकजना कट्टर राजाबादी मित्रले खुलेआम निरन्तर एमसिसीको बिरोध गर्दै आएका थिए । हाम्रो सिंगो पार्टी एमसिसी बिरुद्ध निरन्तर लडदै थियो । उनले म संग भेटमा भने राजेन्द्र लिङ्देन दाइले मलाइ भेट्न बोलाउनु भयो र भन्नू भयो कि – “ एमसिसिको अब बिरोध नगर्नु, यसले राम्रो गर्दैन“ । चेतावनीको भासामै एमसिसी को बिरोध नगर्न लिङ्देनले उनलाई भनेको मलाइ सुनाएका थिए । ती मित्रले उक्त पार्टी छाडेर अहिले पनि एमसिसी बिरुद्द वकालत गरिरहेका छन ।
हो राजाबादी पार्टी भित्र पनि देशभक्ती छ, त्यंहा पनि धेरै राम्रा मान्छेहरु छन । तर राजाबादी मुद्धालाइ समेत कब्जामा राख्नु र आफू अनुकुल चलाउन सकियोस भन्ने अमेरिकी योजना रहेको छ । मनिसा कोइराला कांग्रेसको कार्यक्रम छाडेर राप्रपाको चुनाबी प्रचार र राप्रपा नेतृत्वलाइ स्थापित गर्ने अभियानमा लाग्नु लाई पनि बिज्ञहरु संकाको नजरले हेर्छन । पछिल्लो चरण अमेरिकाको योजनाबद्ध प्रयत्नको रुपमा च्याउझैं नेपालमा उदाएका सामाजिक अभियान्ताहरुको नाभि खोज्दै जानू भयो भने अमेरिकी केन्द्रमा भेटिन्छ । हो त्यंही बाट कुर्लदैं आएका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बने । यहाँ कसले के कसरी बोल्छ र व्यवहार कसरी कहाँ जोडिन्छ र सम्बन्धित छ भन्ने विषयलाई ध्यान दिनु भयो भने सबै स्पष्ट हुन्छ । र राजाबादी मुद्धामा केन्द्रीत जनताको मनोबिज्ञानलाई भ्रमित हुन नदिन पनि प्रयत्न गर्न पर्ने आवश्यकता छ ।

अतः हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले यतिबेला अन्र्तबिरोध बदलिएको निष्कर्स निकालेको छ । अहिले अमेरिकी साम्राज्यवाद र नेपाली जनता बिचकोे अन्र्तबिरोध नै मुख्य बनेको सबै तथ्यहरुले प्रष्ट हुंदै आएका छन । यस्तो बेला हरेक घटनाहरुलाइ सृंखलामा हेर्नु र संभावित संकटको आकलन गर्दै समाधन वा निकास दिनेगरि जनताको नेत्रित्व गर्नु हाम्रो कर्तव्य हुन आंउछ । अमेरिका नेपाललाइ अशान्त बनाउन चाहान्छ । आफ्नो सैन्य शतिmलाइ खर्च नगरि जनतालाइ भिडाउने, हिंसा मच्चाउने र आफ्नो परियोजना सुरक्षाको नाममा वा हिंसा ब्यवस्थापनको नाममा हतियार सहितको सेना उतार्ने चालबाजिमा अमेरिका रहेको छ ।

यस मार्फत अमेरिका नेपाली जनतामा ब्यप्त निराशामा खेल्दै अबको बिकल्प नंया पार्टी, नंया पात्र भन्दै जनतालाइ भ्रमित पार्ने र जसमा कार्यकारी प्रमुखको एजेण्डा अगाडि सारेर नव जेलेन्सकिहरु सहजै जन्माउने योजनामा रहेको छ । कार्यकारी प्रमुख अमेरिकाको सुविचारित एजेण्डा हो र नेपालमा यो भाष्यलाइ बलियो बनाइ सकिएको छ । हाम्रो पार्टीमा समेत कार्यकारि राष्ट्रपतिको योजना लिएर धर्मेन्द्र आएका थिए । पछि उनैले पार्टी समेत टुक्रायर जाने स्थिीति बनेको थियो । पुराना संसदवादीहरुलाइ जेलमा थुन्ने, कम्युनिष्ट र देशभतmहरुको हत्या गर्ने, नेपाललाइ अराजकता र द्वन्दको भुङ्ग्रोमा होम्ने काम अमेरिकाले आंफु अनुकुल सत्ता सुदृढ गर्ने बित्तिकै सुचारु गर्ने छ ।

मिसन ०८४ भन्दै निरन्तरतामा नेपाली राजनितीलाइ हेरिरहेकाहरुले आंखाको पट्टि खोल्न आवश्यक छ । प्रायोजित बिद्रोह, मध्यावधि या कुनै आकस्मिक संकट पैदा गराएर तिब्रतामा अमेरिकाले आफ्नो सत्तालाइ सुदृढ गर्ने छ । एकपटक मात्रै अमेरिकाले आफ्नो सत्ता सुदृढ गर्ने अवस्था बन्यो भने नेपाल अग्रगमन, क्रान्ति, कम्युनिष्ट आन्दोलन वा स्वाधिनताको रक्षा जे भन्नुहोस यो यति धेरै रक्षात्मक बन्ने छ कि जसको कल्पना पनि गर्न सकिन्न ।

यतिबेला हरेक घटनाहरुलाइ बदलिएको अन्र्तबिरोध र त्यसको समाधानको आंखाबाट हेर्ने प्रयत्न गर्नु पर्छ । यसो गर्यो भने हाम्रो बुझाइ सहि बन्छ । पुर्वको गतिशिलता, क्रान्तिको उर्वर संभावना र आजको पुंजिवाद संग मुकाविला गर्न सक्ने पुर्वको परिदृश्यलाइ केलाएर पश्चिमाहरुले पुर्वमा पछिल्लो दशक सबै बिषयहरुमा मसिनो गरि मिहेनत गरेका छन् । माथि उल्लेख गरेका घटनाहरु प्रतिनिधी घटना हुन । अमेरिका आज घरको समस्यामा समेत प्रवेश गरेको छ । मसिना मामलाहरुलाइ समेत समातेर पुर्वलाइ अशान्त बनाउन लागेको हिन्द प्रशान्त रणनिती, अमेरिका र उसका कारिन्दाहरुको हर्कतहरुको सृंखलाबद्ध अध्यन, निष्कर्स र त्यसको समाधानमा पुर्वमा कृयाशिल सबै जिम्मेवार नागरिकहरु गंभिर बनेर लाग्न जरुरि छ । ध्यान दिए बचौंला, बचांउला अन्यथा हाम्रो पतनलाइ कसैले बचाउन सक्ने छैन । हाम्रो पतन भनेको अग्रगमन र स्वाधिन देश निर्माणार्थ जारि आन्दोलनको पतन हो । यो अस्विकार्य छ हामिलाइ ।