दिदी जनताकी छोरीको रूपमा विद्या भण्डारी नै भएको हेर्न मन हुन्छ जनतालाईः रामकुमारी झाँक्री(हेर्नूहोस झाँक्रीको सुझाव राष्ट्रपतिलाई)
काठमाडौं । नेकपाकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई सर्वसाधारण जनतालाई खुशी राख्न सुझाव दिएकी छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपति कार्यालयका केही ब्यक्तिहरू र औपचारिक सैनिक धेराले जनता बाट अलग गर्न कोसिस गरेको पनि उल्लेख गरेकी छन ।
हेर्नूहोस सांसद झाक्रीको स्टाटस जस्ताको त्यस्तै
सम्माननीय राष्ट्रपति महोदय” औपचारी सम्बोधनमा म यसो भन्छु।
पार्टी भित्र दिदी वा कमरेड भनिन्थ्यो ।
यहि मेसोमा एउटा कुरा गर्छुः दिदी हिजो आज कार्यलयका सचिवालयका केही ब्यक्तिहरू र औपचारी सैनिक धेराले जनता बाट अलग गर्न कोसिस गरेका छन । राष्ट्रपति कार्यलयको प्रभाव तिनीहरूले दिन खोजेका छन । ध्यान दिनुपर्ने देखिन्छ ।
दिदीले यो कुरा बुझ्नु भएछ जस्तो लाग्छ ऐले । एक जनताकी छोरीको रूपमा विधा भण्डारी नै भएको हेर्न मन हुन्छ जनतालाई।
दिदी “डेकोरम” नाममा हुने तामझामपूर्ण सैनिक कारगेट पनि नलिनुस मात्र दुई अबस्थामा बाहेक
१) संसदमा निती र कार्यक्रम प्ररस्तुत गर्न जाँदा । त्यो पनि छोटो दूरीलाई ध्यान राखेर अधिकतम ३० मिनेट भन्दा सडक प्रभावित नहोस।
२) राष्ट्रको प्रतिनिधित्व गरेर कुनै अन्तराष्ट्रीय समारोहमा भाग लिन जाँदा यसो गर्दा रेगुलर फÞ्लाईटलाई प्रभावित नहोस । नोटाम जारी नहोस। नोटाम जारी नगर्न दिदीले नै भन्नु पर्ने हुन्छ । किन भने चाकडी गर्नेहरूले यसो भन्ने छैननरगर्ने छैनन।
सम्बोधनको भाषा पनि जनताकै प्रयोग गर्नुपर्छ दिदी यि सामन्य कुरा आफै हेर्नुपर्ने हुन्छ।
जनतालाई ठूलो कुरा केही गर्नु पर्दैन यति सानो ब्यवहारबाट खुसी हुन्छन ।