खोटाङको हलेसी चुवाचुङ नगरपालिका १० अर्खौलेमा बस दुर्घटना, १० जना घाइते, दुइको अबस्था चिन्ता जनक
खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० अर्खौले स्थित कामिडाडामा बस दुर्घटना भएको छ | सदरमुकाम दिक्तेलबाट धरान तर्फ जाँदै गरेको को १ ख ६३२० नम्बरको बस दुर्घटना भएको हो |
१० जना सवार रहेको उक्त बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएको र २ जनाको अबस्था गम्भीर रहेको प्रत्यक्ष दर्शीले बताएका । घाइतेमध्ये
बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको र ड्राइभर फरार रहेको जनाएको छ ।

