बाख्रा पालनका लागि अपाङ्गता किशोरलाई सहयोग
कपिलवस्तु,२६ मंसिर
कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ उमरी र साेनपुरमा अपाङ्ग रहेकाे किशोरहरुलाई बाख्रा पालनकाे लागि वडा अध्यक्ष द्वारा सहयोग गरिएको छ।

अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,००० का दरले बाख्रा पालन काे लागि वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्री र वडा सदस्य भिखु थारु काे हात वाट चेक हस्तान्तरण गरिएको छ।


