२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

गत मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बीचमा पर्ने बालु बिसौना सडकबाट जिप कर्णली नदीमा खस्यो । जीपमा सवार गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ११ जना बेपत्ता भए ।


बेपत्ताको खोजी गर्न घटनास्थलमा पुगेको बिशेषज्ञ गोताखोरको टोलीले तीन दिन देखि घटनास्थलबाट एक किलो मिटर दुरीसम्म खोजीकार्य गर्दा पनि केही पत्ता लागेन ।


नदीमा पानीको बहाब बढी हुनु, पानी धमिलो हुनु र पानीसँगै ढुङ्गा, माटो र बालुवा पनि बगाएर ल्याउँदा खोजी गर्न कठिन भएपछि गोताखोरको टोली फिर्ता भएको हो ।


कुरीनटारबाट बेपत्ताहरुको खोजीका लागि ससस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जना गोताखोरको टोलीले त्यहाँ तीन दिनसम्म खोजी गरेको थियो ।


बेपत्ता भएको ३ दिन सम्म पनि पत्ता नलागे पछि बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको पुत्ला बनाई अन्तेस्टी गरेपछि अब अरु खोजीको कुनै अन्य बिकल्प नभएको हुम्लाका प्रखुम जिल्ला अधिकारी धोलकराज ढकालले बताएका छन ।


विस २०७२ जेठमा खार्पुनाथ यातायात प्रालीले पहिलो पटक हेलिकोप्टर मार्फत नदीमा खसेको जीप खार्पुनाथमा पुर्याएको थियो ।

सबै तस्वीर : रेडियो कैलास डट ओआरजी