२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ । मंगलबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन् । विधेयकको चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो ।
राष्ट्रियसभामा विधेयक फिर्ता लिने मन्त्री अर्यालको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। विधेयकले संस्कृति तथा सम्पदामाथि प्रहार गरेको, गुठी मास्ने खतरा बढाएको भन्दै काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन भइरहेको छ । गुठी सरोकारवालाहरुले सो विधेयक फिर्ता मात्र होइन पूर्ण रुपले खारेज हुनु पर्ने माग गरिरहेका छन । गत ४ गते बुधबार गुठी विधेयकको बिरोधमा राजधानीमा बृहत जनप्रदर्शन भएको थियो ।