२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।
बुधबार बिहान भएको भिडन्तमा परी एक प्रहरी जवानसहित दुईको मृत्यु भएको छ ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसपी रमेश थापाले पुष्टि गरे। त्यस्तै प्रहरीको जावफी फाइरिङमा विप्लव नेकपाका नेता निर कुमार राइको मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाको थप विबरण आउन बाँकी छ ।