२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित पक्राउ परेका छन् । उनीसँगै डा. रामहरी रौनियार पनि पक्राउ परेका छन् । उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
आयोगको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।