२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार १२ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ । यसैगरी बाढी र पहिरोबाट ४३ जना घाइते भएका छन् । घाइते २० महिला र २३ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

यी घटनामा ३०जना अझै बेपत्ताछन् । बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ ।