सर्वोच्चले फेरि भन्यो– विषादी परीक्षण गरेर मात्र भारतीय तरकारी ल्याऊ(हेर्नुहोस् सर्वोच्चको आदेश)
काठमाडौं । सर्वोच्च अदालतले भारतबाट ल्याइने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
यो आदेशले विषादी परीक्षण पुनः सञ्चालन गर्नुपर्ने भएको छ । गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।
अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै निवेदनको सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको थियो।
हेर्नुहोस् सर्वोच्चको आदेश