२०८० चैत्र १६, शुक्रबार
  • ४ वर्ष अगाडि

धिरज कोरी

कपिलवस्तु, १० माघ
कपिलवस्तुको विजयनगर गाँउपालिका २ लोहरौलामा लोहरौला गाँउ समाज समितीको आयोजनामा थारु सामुदायको महान पर्व “माघी” तथा नयाँ बर्ष २६४४ को उपलक्ष्यमा मेला शुरु भएको छ ।

२ दिन सम्म चल्ने थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला २०७६ मा बिभिन्न किसिमका थारु नृत्यहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरु श्रीनिवास चौधरी, समिक्षा चौधरी,अन्जु कुश्मी, राज कुश्मी, सीमान्त चौधरी, निशु चौधरी, शारदा चौधरी, सरगम चौधरी, राजेन्द्र चौधरी, रमेश चौधरी, आर्यन चौधरी,विष्णु चौधरी, विन्दु चौधरीको बेजोड प्रस्तुतीसहित थारु पौराणिक सामाग्रीहरुको प्रदर्शनी, साथै थारु परिकार प्रदर्शनमा रहेको आयोजकले जानकारी दिएको छ ।

लौहरौला गाँउ समाज समितिको आयोजनामा भैरहेको थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेलाको समुद्धघाटन विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गर्नु भएको छ ।

उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष थापाले थारु समुदायको सँस्कृति , परम्परा तथा रितीरीवाज जोगाइराख्न आफु र गाउपालीका हरदम सहयोगका लागी तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै विशिष्ठ अतिथी तथा गाउपालीका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले थारु सँस्कृति , परम्परा तथा रितीरीवाजलाई जोगाइराख्न जोड दिनुभएको छ।

समुद्धघाटनको अवसरमा थारु पहिचान झल्किने भेषभुषामा सजिएका पोषाक सहित थारु समुदायका अगुवा समाजसेवी लगायत थारु झाँकी सहित ¥र्याली निकालिएको थियो । आज देखी शुरु भएको थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला भोलीसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आज समुद्धघाटन कार्याक्रम गरिएको छ भने भोली ११ गते दिउँसोमा मेला तथा रातीमा नौटंकी नाच गरिने आयोजकले बताएको छ ।

थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला व्यावथापन समितिका सोमइलाल चौधरीको अध्यक्षता, वियजनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता,विजयनगर गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको बिशिष्ट आतिथ्यता, मेला व्यावथापन समितिका उपाध्यक्ष शिवपुजन थारु ,सचिव राम सहाय थारु, कोषध्यक्ष आकाश थारु लगायतको आतिथ्यता रहेको कार्यक्रममा कृष्ण बहादुर चौधरीको स्वागत मन्तब्य , वडा अध्यक्ष दिनेश कुमार चौधरी ,नेपाल चौधरी , थारु कल्याणकारी सभाका जिल्ला सचिव जगत देव थारु , चन्द्रौटा व्यापार संघका अध्यक्ष महादेव पोख्रेल, लगायतको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मिर्जा चौधरीले गर्नुभएको थियो ।