कमल गाँउपालिका ५ स्थित चन्द्रदर्शन सहकारी संस्थाको प्रतिवेदन सार्वजनिक, सेवालाई प्रविधिमैत्री बनाउनेमा जोड
दमक/ झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्र दर्शन बचत तथा ॠण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार आफ्नै सुविधा सम्पन्न केन्द्रिय कार्यालयमा प्रतिवेदन सार्वजनिक गरेको हो । सहकारीका अध्यक्ष शान्ताकुमार राई सहित कार्य समिति सदस्यहरु, लेख सुरिवेक्षण समितिका संयोजक प्रेमप्रसाद दुलाल सहित बिभिन्न उपसमितिका संयोजक […]