२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

‘तिमीलाई थाहा छ ? तिमी कहाँ उभिरहेका छौ ? यहाँ शरीरको बजार लाग्छ ।’
म एक जना युवा, निलो र गुलाबी बत्ती बलेको यो कोठामा आफैंलाई बेच्नको लागि उभिएको थिएँ । मैले उत्तर दिएँ, ‘हो म देखिरहेको छु, पैसाको लागि म जे पनि गर्छु ।’
मेरो अगाडि एक अधबैंशे महिला…………होइन उनी ट्रान्स जेन्डर थिइन् । पहिलो पटक देख्ता त डर नै लाग्यो, उनी को हुन् भनेर । उनले भनिन्,‘तसँग धेरै एटीट्यूड छ । तर यहाँ चल्दैन ।’
एउटा आइटी कम्पनीमा दिनको नौ, दश घण्टा काम गर्ने म त्यतिबेला निकै डराएको थिएँ । म यस्तो परिवारको हूँ जहाँ कसैले पनि सोच्न सक्दैनन्, म यस्तो काम गर्छु । तर मेरो आवश्यकताले मलाई यता तर्फ धकेलेको छ ।


‘जा आफ्नै अफिसमा गएर काम गर । यहाँ के हेरी रहन्छस्’ भन्ने जवाफ सुन्ने वित्तिकै म चुपचाप भएँ । तर केहि मिनेटमा नै म त्यो बजारको नयाँ माल भएँ । ती महिलाले अचानक नरम भएर भनिन्,‘तेरो फोटो पठाउनु पर्छ, पठाएन भने कसैले कुरा गर्दैनन् ।’ यो सुन्ने बित्तिकै म पानीपानी भएँ । मेरो फोटो सार्वजनिक हुनेवाला थियो । म सोच्न थालें कोही आफन्तले देखे भने मेरो भविष्य के हुन्छ ।
पहिला दायाँ, फेरि बायाँ, अनि अगाडिबाट मेरो फोटो खिचियो । यस बाहेक अरु दुई आकर्षक फोटो पनि मागियो । मेरै अगाडि मेरा फोटाहरु वाट्स एपबाट पठाइयो । फोटोसँगै लेखिएको थियो– नयाँ माल हो, पैसा बढी लाग्छ, कम पैसाको चाहिए अर्को पठाउँछु ।
मेरो बोली लागि रहेको थियो, जो अन्तिममा ५ हजारमा तय भयो । यसका मैले मेरो क्लाइन्ट(ग्राहक) का लागि सबै थोक गर्र्नुपथ्र्यो । तर न प्रेम, न इमोसन, यो कसरी होला ? एक अन्जानसँग यस्तो काम कसरी गर्ने होला ? यी यस्तै सोचेर मेरो दिमागले नै चक्कर खाईरहेको थियो ।
त्यही दिन म एउटा पहेंलो ट्याक्सीमा बसेर कलकत्ता नजिकै रहेको एउटा घरमा पुगें । घरभित्र ठूलो फ्रिज थियो । फ्रिजभरि बिभिन्न ब्राण्डका मदिरा थिए । एउटा ठूलो टेलिभिजन पनि थियो ।
करिब ३२, ३४ बर्षकी विवाहिता महिला थिइन् । कुराकानी सुरु भएसँगै उनले भनिन्, ‘म त गलत ठाउँमा फँसे, मेरा पति गे हुन । अमेरिकामा बस्छन । सम्बन्ध बिच्छेद गर्न पनि सक्दिन, फेरि सम्बन्ध बिच्छेद गरेकी महिलासँग कसले पो विवाह गर्ला । फेरि मेरा पनि बिभिन्न चाहना छन, भन म के गरुँ त ?’
हामी दुबैले मदिरा पियौं । हिन्दी गीत बजाएर नाच्न पनि थाल्यौं । हामी डाइनिङ रुमबाट बेडरुम पुग्यौं ।
अहिलेसम्म त उनी मसँग प्रेमपूर्वक बोलिरहेकी थिइन तर काम खत्तम हुने बित्तिकै पैसा दिदै भनिन, ‘ल यहाँबाट छिटो भागी हाल ।’ उनले मलाई टिप्स पनि दिइन् । मैले उनलाई भने, ‘म यो सब काम मजबुरीका कारण गर्दैछु ।’ उनले भनिन्, ‘तेरो मजबुरीलाई म शौख बनाईदिन्छु ।’
मेरो मजबुरी कलकत्ताभन्दा सयौं किमि मेरो घरबाट शुरु भएको थियो । मेरो निम्न मध्यम बर्गीय परिवारलाई म संधै अभागी(अनलक्की) लाग्थ्यो । किन भने म जन्मनसाथ मेरो बाबाको नोकरी गएको थियो । समयसँगै यो दुरी पनि बढदै गयो । मेरो सपना एमबीए गर्ने थियो तर ईन्जिनियरिङ गर्न बाध्य भएँ । र कलकत्तामा नोकरी पनि पाएँ ।
अफिसमा सबै बंगाली बोल्थे । भाषा र अफिसमा हुने राजनीतिले म दिक्क भएको थिएँ । शिकायत(कम्प्लेन) पनि गरें । तर केहि चलेन । बाथरुममा गएर रुन्थें । तर उल्टै आफनो कुर्सीमा बस्दैन भन्थे । मेरो आत्मबिश्वास घट्दै थियो । बिस्तारै डिप्र्रेसनले मलाई च्याप्तै थियो । डाक्टर कहाँ पनि गएँ तर दुःख हट्न सकेन । जिम्मेवारीले काँध भारी हुन थालेपछि इन्टरनेटमा खोजी शुरु गर्न थालें । मलाई पैसा कमाउनु थियो किनभने एमबीए गर्न सकुँ, घरमा पैसा पठाउन सकुँ र कलकत्ताको यो जागिर छाडेर जान सकुँ ।
यसैबीच इन्टरनेटमा मैले गिजलो(गुण्डो) बन्ने बाटो देखें । यस्तो फिल्ममा मात्र देखेको थिएँ । वेभसाइटहरु हुन्छन जहाँ जिगलो बन्नका लागि प्रोफाइल बनाउन सकिन्छ । तर यो कुनै जव(जागिर) को प्रोफाइल थिएन । प्रोफाईलमा लेख्न डर लागिरहेको थियो । तर म दोधारमा थिएँ । मसँग दुई वटा बाटा थिए । पहिलो, यसबाट हटेर सुसाईट(आत्महत्या) गर्ने वा दोस्रो, यसलाई पार गरेर जिगलो बन्ने । मैले दोस्रो रोजें ।
मैले जति महिला भेटें उनीहरु कोही विवाहिता, कोही सम्बन्ध बिच्छेद गरेका र कोही एक्ला युवतीहरु पनि थिए । धेरैजसोका लागि म मान्छे होइन माल थिएँ । जबसम्म उनीहरुको ईच्छा पूरा हुँदैन थियो उनीहरु राम्ररी बोल्थे । कतिपयले त भन्थे मेरो पतिलाई छाडेर तिमीसँग बस्छु । तर बेडरुममा केही समय बिताएपछि यो सबै प्रेम समाप्त हुन्थ्यो । जा, निस्किहाल, पैसा उठा र भाग……. यस्ता गाली पनि धेरै सुनिन्थ्यो । यो समाज हामीबाट धेरै मजा पनि लिने गर्छ र हामीलाई नै वेश्या भनेर गाली पनि गर्छ ।
एक पटक एक दम्पतीले मलाई बोलाए । पति सोफामा पिउँदै हामीलाई हेरिरह्यो । जबकी उसकी पत्नी र म सँगै थियौं । यो काम उनीहरु दुवैको सहमतिमा भएको थियो ।
यसैबीच, ५० बर्षभन्दा बढीकी एक महिला मेरो ग्राहक बनिन् । त्यो मेरो जिन्दगीको सबैभन्दा अलग अनुभब बन्यो । रातैभरि उनले मलाई छोरा छोरा भनेर बोलाइन् । भन्दै थिइन, आफ्नो छोरा र परिवारले हेरेनन् सबै टाढा भए । उनले मलाई भनिन्, ‘छोरा यो कामबाट निस्क, यो राम्रो होइन् ।’ त्यो रात कुराकानी बाहेक अरु केहि भएन । बिहान उनले छोरा भन्दै पैसा दिइन, जसरी एउटी आमाले स्कूल जान लागेको बेला दिन्छिन ।


एक दिन मैले मदिरा(रक्सी) खाएको थिएँ र थकान पनि महशुस गरिराखेको थिएँ, घरमा आमालाई फोन गरें । र भने, ‘तिमी सोध्थेउ नी अचानक धेरै पैसा किन पठाउन थालिस भनेर । आमा म धन्दा गर्छु, धन्दा । आमाले भनिन्, ‘चूप लाग, रक्सी खाएर जे पनि बोल्छस् तँ ।’ यसो भनेर आमाले फोन राखिन ।
मैले आमालाई मेरोबारे सत्य बताएको थिएँ तर आमाले नसुने झै गरिन । किनभने मैले पठाएको पैसा घर पुगिरहेको थियो । त्यो रात म धेरै रोएँ । के मेरो मूल्य भनेको पैसा मात्र हो र ? त्यसपछि मैले आमासँग कहिल्यै पनि यस्तो कुरा गरिन ।
म यो काममा लागिरहेको थिएँ । किनकी मलाई राम्रो पैसा आइरहेको थियो । बजारमा मेरो माग बढी रहेको थियो । लाग्यो कि कलकत्ताको नोकरी खाउन्जेल र एमबीएमा भर्ना नभएसम्म यो काम गरिरहुँ ।
तर यो काममा अनौठा महिलाहरु पनि भटिन्छन । कतिले चिर्थोछन पनि । त्यसको घाउ मेरो शरिरमा पनि हुन्थ्यो र आत्मामा पनि । यस्तो दुःख अर्को जिगलोले मात्र सम्झन सक्थ्यो समाज जस्तो देखिए पनि ।
यो काममा लागेकामा मलाई कुनै दुःख छैन । मैले एमबीए गरेर यसैका कारण आज म कलकत्ता भन्दा टाढा अर्को एक नयाँ शहरमा राम्रो नोकरी गर्दैछु । खुशी छु, नयाँ साथी बनेका छन । मेरो अतीतबारे कसैलाई थाहा छैन । सायद यो कुरा म कसैलाई कहिले पनि बताउन पाउँदिन ।
हामी बाहिर जान्छौ फिल्म हेछौं । रानी मुखर्जीको ‘लागा चुनरीमे दाग’ फिल्म मेरो फेवेरेट हो । यो फिल्मको कथा मेरो आफ्नो जीवनसँग मेल खाएको पाउँछु ।
यो एउटा यस्तो च्याप्टर हो जुन म मरेर गए पनि कहिल्यै बद्लिने छैन ।

( यो सामग्री बीबीसी हिन्दीका विशेष संवाददाता विकास त्रिवेदीले एक जिगलोसँग गरेको कुराकानीमा आधारित भएर तयार पारिएको हो ।)