२०८१ बैशाख १२, बुधबार
  • ४ वर्ष अगाडि

काठमाडौँ। शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले यो समाचार लेखेका छन्।

‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो।’

त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने । आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन् ।

यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको ल’हड ठानेर उ’डाइदिए । तर, उनले मिर्गौला आफैंले दिन्छु भन्दै अ’ड्डी कसेपछि भने केही ग’म्भीर भए, अनि भने, ‘तँ सानै छेस्, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन’अन्जानले भने मिर्गौला दिन्छु भनेर जि’द्दी गरी नै रहिन् ।

पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको र’क्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो । किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो ।

‘दिने नै हो भने एकपटक श्रीमान् र बाआमालाई सोध,’ ओलीले मिर्गौला प्रत्यारोपणअघि फेरि उनलाई भने। ‘किड्नी मेरो हो, मैले किन अरूलाई सोधिरहने ’ सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले अन्जानले जवाफ दिइन्, ‘कसैलाई सोधिरहनै पर्दैन, म तयार छु।’

उनले नसोधे पनि श्रीमान् तारा ओली र पिता ध्रुव घिमिरेले अन्जानलाई दानका लागि अनुमति दिए । ‘उहाँको ब्लड ग्रुप ओ नेगेटिभ हो र मेरोचाहिँ ओ पोजेटिभ,’ अन्जानले सुनाइन्, ‘ओ नेगेटिभलाई जसको पायो उसको लिन नमिल्ने तर पोजेटिभले चाहिँ सबैलाई दिन मिल्ने रहेछ, त्यसैले मैले केपी दाइलाई मद्दत गर्न पाएँ।’

वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा प्रारम्भिक परीक्षण गरेपछि ०६४ असारको अन्तिम सातातिर अन्जान पतिका साथ लागेर ओली र उनकी पत्नी राधिकासित भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल पुगिन्। अन्जानको स्वास्थ्य परीक्षण सुरु भयो । प्रत्येक स्वास्थ्य जाँचको नतिजा सकारात्मक आयो।

दाहिने मिर्गौलाका साथ उनी अपोलोको एउटा कक्षमा ब्युँझिएका बखत छेवैको अर्को कक्षमा उनको देब्रे मिर्गौलाका साथ केपी ओलीले पनि लामो शल्यचिकित्सापछि शान्तपूर्वक आँखा उघारेका थिए । त्यसको तेस्रो दिन आईसीयूबाट क्याबिनमा सार्नेबित्तिकै ओलीलाई भेट्न पुगिन् उनी ।

‘मलाई दाइको मुख कतिखेर हेरुँजस्तो भएको थियो,’ उनले भनिन्, ‘म जाँदा उहाँलाई अक्सिजन दिइराखिएको थियो, तर पनि हल्का बोल्न सक्ने अवस्थामा आइसक्नुभएको रहेछ ।’ त्यस क्षण अन्जानले ओलीका आँखामा कृतज्ञताको आँसु छचल्केको देखिन्।

उनले ‘तँ जि’द्दी भएर मलाई बचाइस्’ भनेको अहिले पनि अन्जानको कानमा गुन्जिरहन्छ। नेपाल फर्केपछि धेरैले उनलाई घुमाउरो पारामा भने, ‘अब तिमी रोगी हुन्छ्यौ, तिम्रो जीउ गल्छ । बाँकी जीवन कसरी बिताउँछ्यौ ?’

ती सबको टिप्पणीलाई अन्जानको प्रफुल्ल हाँसोले उडाइदियो । उनले त्यसपछि छोरी अभिलाषालाई जन्म दिइन् एकदम सामान्य अवस्थामै ।

‘अपोलोबाट फर्केपछि दान गरेबापत मैले एउटा सिटामोलसम्म खानु परेको छैन,’ उनले सुनाइन्, ‘एउटा मिर्गौलाले पनि पूर्ण रूपमा बाँच्न सकिँदो रहेछ।’

यसरी अन्जान तुरुन्तै तं’ग्रिएझैं ओली पनि अपोलोबाट फर्केर आएपछि विस्तारै तं’ग्रिँदै गए । अन्जानको मिर्गौलाले तं’ग्रिएका ओलीको स्वास्थ्य मात्रै होइन, राजनीति पनि बलियो हुँदै गयो । दुई तिहाइको इतिहासकै बलियो सरकार गठन गरेर ओली दोस्रो पटक प्रधानमन्त्री भइसक्दा १२ वर्ष बितिसकेका छन् ।

उनको देब्रे मिर्गौलाले इतिहासमा यत्रो फन्को लगाइरहँदा दाहिने मिर्गौला बोकेर अन्जान कहाँ थिइन्? ‘म यतै थिएँ, काठमाडौंमै,’ उनले ज्यादै सहजताका साथ जवाफ दिइन्, ‘म सामान्य मान्छे हुँ, सामान्य ढंगले बाँचेकी छु।’

जिन्दगीको रथ चलाउन उनी कहिले शिक्षक भइन् कहिले किनारा पसले त कहिले कुनै निजी कार्यालयको सामान्य कर्मचारी । विद्यादेवी भण्डारी राष्ट्रपति भएयता भने उनी शीतल निवासमा टेलिफोन अपरेटर छिन् ।

‘धेरै मान्छेले कम्तीमा एउटा घर त मागेको भए हुने भनेर हामीलाई उकास्छन्,’ हाम्रो कुराकानी सुनिरहेका अन्जानका पति ताराले थपे, ‘त्यो त साह्रै लेनदेनको कुरा भयो, हामीले दाइलाई निस्सर्त माया गरेका हौं, केही लियो भने त त्यो मायाको मूल्य तोकेजस्तो हुन्छ ।’

अहिले त्यही मिर्गौलाले काम गर्न छाडेको सुन्दा उनलाई अति नै दुःख लागेको छ । ‘मसँग भएको कि’ड्नीले काम गरिरहेको छ, उहाँलाई दिएको पनि त मेरै थियो, त्यसले चाहिँ किन काम नगरेको होला ?’

मिर्गौलाको डायलसिस गर्न परिरहेका बेला अचानकको ए’पेन्डिक्सको शल्य चिकित्सा गर्नुपर्दा बिस्तरामा परेका जेठाजुलाई सम्झँदा उनका नेत्र सजल भए, ‘अझै त्यसले चार, पाँच वर्ष काम दिएको भए हुन्थ्यो नि जस्तो लागिरहन्छ।’

ओलीले अझै धेरै वर्षको आयु पाऊन् भन्ने मौन प्रार्थना उनको हृ’दयले यतिखेर हरदम गरिरहेको छ । यस घडीमा प्यारा ‘केपी दाइ’ का लागि प्रार्थना गर्नबाहेक उनीसँग दिन केही पनि छैन ।

‘उहाँलाई अर्को मिर्गौला जसले दिएर भए पनि बचाउन पर्छ भन्ने लाग्छ मलाई,’ उनले भनिन्, ‘उहाँ देशका लागि सोच्ने मान्छे हो, उहाँ अझै धेरै बाँच्नुपर्छ र जसरी पनि बचाउनुपर्छ।