झापामा आईतवार र बुधबार विहान ९ बजेसम्म खाद्यन्न, तरकारी, फलफूल तथा माछामासु पसल खुला गर्ने निर्णय
दमक/ जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाउने निर्णय गरेको छ । जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म पुर्याउदै हप्तामा दूई दिन अत्यआवश्यकीय पसलहरु केहि समय खुल्न दिने निर्णय गरेको पाईएको हो । खाद्यान्न, फलफुल, तरकारी, मासु, तथा दुध डेरी पसल हप्ताको २ (दुई) […]