दमकमा निषेधाज्ञा नाम मात्रको ! छैन न्यूनत सुरक्षा मापदण्डको पालना
दमक/ झापाको दमकमा निषेधाज्ञा पालनाको अवस्था अत्यन्त कमजोर रहेको छ । दमकको नयाँ शब्जि बजार, पुरानो शब्जि बजार, हनुमान मन्दिर नजिक लगायतका क्षेत्रहरुमा विहानदेखि दिनभरजसो पसलहरु खुला नै रहेका हुन्छन् । प्रहरीको गाडि आँउदा बन्द गर्ने र गाडि कट्न साथ पसलहरु खोलेको देखिन्छ । प्रहरीसग लुकामारी खेलेजस्तो कार्यले कोरोना संक्रमणको जोखिम रहने अवस्था छ । […]