दमक बजार अनुगमनमा जे भेटियो, होटलहरुमा भान्साकोठा फोहर
दमक नगरपालिकाले उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनका लागि लगातार बजार अनुगमन गरेको छ । दमक नगरपालिका बजार अनुगमन समितिका संयोजक भिमप्रसाद पौडेलको नेतृत्वमा कर्मचारी, प्राविधिक तथा उपभोक्ता अधिकारकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो । टोलीले दमकका केहि पेट्रोल पम्प, मासु पसल, खाद्य तथा किराना पसल, दुग्ध व्यवसाय, होटल लगायतमा अनुमगन गरेको थियो । […]