एएफसी कप खेल्न लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ प्रस्थान
काठमाडौं । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब सोमबार बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ । यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा […]