२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ बैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ले झापाको दमक महलस्थित डिम्याक्समा ५१ औ दिन मनाएको छ । लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको चलचित्रको ५१ औ दिनको प्रवेशको उपलक्ष्यमा डिम्याक्सले ५० प्रतिशत छुटका साथ दर्शकले सिनेमा हेर्न पाउने पनि जनाएको छ ।

दमक महल तथा डिम्याक्सका सञ्चालक रेवत बस्नेतका अनुसार ५१ औ दिनको अवसरमा शनिवारको सबै शो हरुमा दर्शकलाई ५० प्रतिशत टिकटमा छुट दिईएको छ ।

जारी प्रथाको कथावस्तुमा आधारित चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेका चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । सैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन छ । चलचित्रमा दयाहाङ र मिरुना, रोयदीप बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।