२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ९ महिना अगाडि

दमक/ झापाको दमकको डिम्याक्स सिनेमा हल सहित देशभर चलिरहेको ‘डिग्री माइला’ चलचित्र ट्रेलरमा जति सोचेर हेरिन्छ त्यति भेटिन्न । शैक्षिक बेरोजगारी समस्याको उठान भनिएपनि एउटा शिक्षित मान्छेको घमण्ड र क्याम्पसभित्रको राजनीति समेटिएको भेटिन्छ ।

आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्ने फिल्म ‘डिग्री माइला’ टहलिएर अढाई घण्टा लगतार हेर्न मुश्किल नै पर्छ । चलचित्रप्रति आकर्षण गरिरहन सक्ने देखिदैन ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्माको मुख्य भुमिका रहेको छ ।  चलचित्रमा दया र आँचलसहित, ऋचा शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । दमक महलमा रहे्को डि- म्याक्स सिनेमा दमकका म्यानेजर बुद्धि पाण्डेका अनुसार चलचित्रमा दर्शकहरु आइन रहेकाछन् । प्रतिक्रिया पनि राम्रो नै पाईएको छ।

डिम्याक्सका सिनेमा तथा दमक महलका सञ्चालक रेवत बस्नेतका अनुसार नेपाली चलचित्र महाजात्रा र डिग्रि माइला चलिरहेको छ । महाजात्रा जलेको लामो समय भइसकेको छ । अहिले पनि दर्शकहरु आइरहेकाछन् ।