झापामा दुर्घटना-२ जनाको गयो ज्यान, पाँच जना घाइते
झापा । झापामा एकै दिन शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । जिल्लाको कनकाई पुलमा दुई वटा मोटरसाइकल जुध्द्धा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ५ निवासी १८ वर्षीया जेसिका सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । […]