नर्सिङ दिवसको अवसरमा आम्दा अस्पताल दमकले गर्यो सुरक्षाकर्मीलाई सहयोग
दमक/ नर्सिङ दिवसको अवसरमा आम्दा अस्पताल दमकले आज दमकमा एक कार्यक्रमको आयोजना गरेको छ । कोरोना संक्रमण रोकथाममा सहयोग पुग्ने गरी कार्यक्रम गरेको हो । सामाजिक दुरी कायम गर्दै अस्पताल र यहाँ कार्यरत नर्सहरुले स्वास्थ्यकर्मीजस्तै सेवामा खटिएका सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि प्राथना सहित माक्स, पानी, साबुन, हात पुछ्ने रुमाल सुरक्षाकर्मीलाई उपलब्ध गराएको हो । […]