कोरोनाले मृत्युवरण गरेका व्यक्तिको शबलाई ब्यवस्थापनमा जुट्दै झापाली शिवानी देवान
अम्बिका भण्डारी झापा, १ असार । “कोरोनाले मृत्युवरण गरेका व्यक्तिको शबलाई पहिलोपटक छुँदा हात लुगलुग कामे जस्तो लाग्यो । स्यानिटाइजर छर्किदा मुटु ढुकढुक भयो । मन दरो बनाएर सोचेँ–म स्काउटको सदस्य हुँ, मैले अहिले शब व्यवस्थापन गर्न जिम्मेवारी पाएकी छु । मभित्रको आत्मविश्वास छिटै बलियो भएर आयो । अनि फटाफट सामान्य काम सरह शबको सहज […]